चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका ४ कुरिनघाटमा एक युवती मृत फेला परेकी छन् । शनिबार राति २ बजे कुरिनघाट स्थित पृथ्बि राजमार्गको सडक छेउमा पहिचान नखुलेकी अन्दाजि २० वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उक्त स्थानमा युवती मृत फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोली घटनास्थल पुगी अनुशन्धान गरिरहेको छ ।

