राति काम गर्नेहरूमा केही न केही समस्या पैदा भएकै हुन्छ। टाउको दुख्ने, थकान, तौल बढ्ने, तनाव जस्ता समस्या हुन्छ। उनीहरूमा उच्च रक्तचापको अधिक भय हुन्छ। साथै हृदयघातको जोखिम पनि हुन्छ।
अहिले विश्वकै मानिसहरूको तौल दोब्बरले बढेको छ। यसको अनेक कारण हुनसक्छन्। त्यसमध्ये अनिन्द्रा पनि एक हो। राति पर्याप्त निन्द्रा नलिनेहरू मोटोपनको शिकार भएका छन्। मोटोपनले अनेकौं रोगलाई जन्म दिइरहेको छ। अनिन्द्राको सिकार भएका व्यक्ति मानिसक रूपले पनि कमजोर पाइएको छ।
– जब तपाइँलाई निन्द्रा लाग्छ, तब शरीरका अंगहरू निश्क्रिय हुन थाल्छन्। शिथिल हुन्छन्। त्यसैले मस्त सुतेपछि पुनः शरीरमा नयाँ स्फूर्ति आउँछ।
– सुतेको समयमा नयाँ कोशिका पैदा हुन्छ र एन्डीबडी उत्पन्न हुन्छ।
– निन्द्रा राम्ररी लागेन भने त्यसको असर स्वास्थ्य र सौन्दर्य दुबैमा पर्छ।
गहिरो निन्द्राका लागि के गर्ने ?
– गहिरो निन्द्रको लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ। शारीरिक गतिविधिलाई बढाउनुहोस्। घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने गतिविधि जारी राख्नुहोस्।
– सुत्ने समय निश्चित गर्नुहोस्। सुत्नुअघि हल्का व्यायाम गर्नुहोस्।
– बिहान चाडै उठ्ने अनि मर्निङवाकमा निस्कने।
– गहिरो निन्द्रका लागि ओछ्यान आरमदायक हुनुपर्छ। मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ। धेरै मुलायम विछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुन सक्छ। धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन।
– सिरानी धेरै अग्लो वा होचो हुनुहुँदैन। केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ।
– खुट्टा पैतलामा तातो सरस्र्युको तेलले मसाज गर्नुहोस्, यसले पनि गहिरो निन्द्रा लाग्छ।
– संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस्।
– सुत्नासाथ निन्द्रा लाग्दैन भने पढ्ने अभ्यास गर्नुहोस्, संगीत सुन्नुहोस्।
– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस्। गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्याउनुहोस्।
– निन्द्राका लागि कुनै औषधि सेवन गर्नु ठीक होइन। त्यसले प्राकृतिक निन्द्रा दिँदैन। बरु टाउको दुख्ने र स्वास्थ्य सम्बन्धी अन्य समस्या निम्त्याउने खतरा हुन्छ।
– शयन कक्षमा यस्तो सामग्री नराखौं, जसले निन्द्रा बिथोल्छ।
– चामल, आलु जस्ता भोजन रातको समयमा गर्नु उचित हुँदैन।
– सुत्नुअघि धेरै पानी पिउनु हुन्न। पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ।
– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौ।
(एजेन्सीको सहयोगमा)

