चितवन । बजाज कम्पनीको पल्सर एनएस १२५ मोटरसाइकल आज रत्ननगरमा सार्वजनिक गरिएको छ । पुर्बी चितवन पत्रकार मंचका अध्यक्ष होमनाथ सापकोटाले रिवन काटेर मोटरसाइकलको नयाँ सिरिज सार्वजनिक गरे । बजाजको कम्पनीको विक्रेता निशास मोटर्समा आयोजित कार्यक्रममा मोटर्सका संचालक संजिब थापाले मोटरसाइकको बारेमा जानकारी गराएका थिए ।
एनएस १२५ मा डिटिएस आइ इन्जिन, एक्जास टेक,लामो ह्विल वेस, डिजिटल डिस्प्ले, डिसी लाइट, डिसी इग्नीसिसन सिस्टम, वाइड टायर, एन्टीस्किड ब्रेकिङ सिस्टम तथा साइड स्ट्याण्ड सेनसर रहेको थापाले बताए । चाडपर्वलाई लक्षीत गर्दै कम्पनीले ‘आधाको आधा’ ग्राहक योजना समेत ल्याएको छ ।
दशैं,तिहार र छ्ठ पर्वलाई लक्षित गर्दै ल्याइएको योजना अन्तर्गत ग्राहकहरुलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र भुक्तानी गरी बाइक लैजान सक्ने सुविधा दिएको कम्पनीले जनाएको छ। योजना अन्तर्गत हरेक बाइकको खरिदमा ७ हजार रुपैयाँसम्मको छुटको ब्यवस्था सहित फाइनान्स सुविधा उपलब्ध गराइएको संचालकले बताए । उक्त मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

