काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) का लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।
तोकिएका ८ भर्नाकेन्द्रमा दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ । दरखास्त आजदेखि असोज ३० सम्म दिन सकिने जनाइएको छ । रिक्त पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट गरिने सूचनामा उल्लेख गरिएको छ ।


