चितवन । भरतपुरमा घरमा लगाउने मार्बल काट्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । बिहिवार सांँझ साढे ६ बजे भरतपुर ३ बाह्रघरे स्थित उर्मिला चौधरीको घरमा मार्बल लगाउने क्रममा भारत मोतिहारी घर भई हाल भरतपुर ७ बस्ने पप्पुकुमार दास करेन्ट लागेर घाईते भएका हुन् ।
उनी खाली खुट्टा बल्बको तार जोड्ने क्रममा दुबै हातमा करेन्ट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार दासको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

