चितवन । नेकपा एमालेका नेता देवी ज्ञवाली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई कब्जा गर्ने दुरासय बोकेको बताएका छन् ।
बिहीबार (आज) ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आजभन्दा चार/पाँच वर्षअघि नै पार्टी एकता गरेर प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्य लिएको बताएका हुन् । उनले भने, ‘पार्टी एकता गर्ने हाम्रो पवित्र उद्देश्य थियो । तर कसै–कसैको उद्देश्य के रहेछ भने, केपी ओली बिरामी रहेछन् त्यस पछिको स्थिति म कहाँ पार्टी आउँछ र एमाले पार्टी कब्जा गर्छु भन्ने दुरासय बोकेका रहेछन् ।’ आगामी चुनावमा चितवनबाट प्रचण्डलाई हराएर छाड्ने दाबी गर्दै अब रजगज गर्न नदिने समेत उनले बताए ।
नेता ज्ञवाली एमाले कार्यकर्ता एक्यबद्ध भई अघि बढेको भन्दै विगतमा झुक्किएर तथा विभिन्न कारणले अन्त रहेका सबै शक्ति एमालेमा गोलबद्ध हुनुपर्ने बताउँदै एमालेका कार्यकर्ता पदको लागि लालाहित नरहेको बताए । एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तथा मृत्युवरण गर्न समेत तयार रहेको उनको भनाई छ ।

