चितवन । नेकपा माओवादी केन्द्र चितवनका सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत)ले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका परियार बिहीबार एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा पार्टी परित्याग गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धक्का पुगेको छ ।
परियारसँगै माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन र चितवनको कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

