चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरको एक जुत्ता पसलमा आगलागी भएको छ ।
कमलनगरको कान्छी बजारस्थित स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गरेको ओम ब्याकेन सुज हाउसमा मंगलबार राति साढे ११ बजे विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार उक्त आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल जलेर नष्ट भएका छन् । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।
आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले राती १२ बजे आगो नियन्त्रणमा लिइएको हो ।

