चितवन । काने भनिने अनिल परियारको हत्या आरोपी भरतपुर महानगरपालिका–१५ का ३२ वर्षीय तिलक गैरे पुर्पक्षको लागि चितवन कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतको आइतबारको आदेशले गैरेलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
२०७९ बैशाख २५ गते साँझ करिब साढे ७ बजेको समयमा भरतपुर–७ स्थित कृष्णपुर खेल मैदान नजिकै परियारलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनापछि फरार रहँदै आएका गैरेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा गएको भदौ २३ गते पक्राउ गरेको थियो । पक्राउ गरेर प्रहरीले गैरेलाई अदालतमा पेश गरेकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो ।

