काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेमाथि पक्राउ पुर्जी जारी भएपछि विभागले कालोसूचीमा राखेको हो ।
लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो नभएको भन्दै आउनासाथ पक्राउ गर्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारमा कालो सूचीमा राखिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रहरीलाई ‘अलर्ट’ गरिएको छ। यदि उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ।
काठमाडौ जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले पनि उनलाई राष्ट्रिय क्रिकेट टिमकाे कप्तानबाट निलम्बन गरिसकेको छ।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैकामा रहेका छन् । तर क्यानकाे निलम्बनपछि उनले सिपिएल पनि खेल्न पाएनन्।

