चितवन। इसुजु चितवन गोल्डकपमा आज (आइतबार) नव जन जागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्ने भएका छन् । आज खेल दिउँसो ४ बजे नारायणगढको क्याम्पाचौरमा खेल सुरु हुनेछ ।
भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।
हिजो (शनिबार)देखि सुरु भएको खेलमा पहिलो दिन केबिए ग्लोबल भरतपुर फुटबल क्लबले जित हाँसिल गरेको थियो।

