चितवन । आँखा उपचार केन्द्र माडीको सहयोग समितिको संयोजकमा श्रीप्रसाद दवाडी मनोनित भएका छन्। नेपाल नेत्रज्योति संघ हिरालाल सन्तु प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुरको कार्यसमितिको बैठकले दवाडीलाई संयोजकमा मनोनित गरेको हो।
नेकपा एमाले माडी नगर सचिव समेत रहेका दवाडीले स्थानीय सरकार एवं स्थानीयबासीहरुसंग समन्वय गरी माडी आँखा उपचार केन्द्रको विकास तथा सेवा सुविधा उपलब्ध गराउन सहजिकरणको काम गर्नेछन् ।

