चितवन। चितवनको इच्छाकामनामा ट्रकले चटपटको ठेलालाई ठक्कर दिँदा दुई घाइते भएका छन्। घाइते हुनेमा इच्छाकामाना ६ पाँचकिलो बस्ने २७ वर्षीया कल्पना गुरुङ र सोही बस्ने २३ वर्षीया तिर्थ कुमारी गुरुङ रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान साढे ५ बिहान इच्छाकामाना ६ मुग्लिन नारायणगढ सडक खण्डको पाँचकिलो नजिक सर्लाहीबाट काठमाण्डौ तर्फ आइरहेको ना ५ ख ३७७७ नम्बरको ट्रकले चटपट बेच्दै हिंडने ठेलाललाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको । भने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

