चितवन। चितवनमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको नमुना परिक्षणबाट थप २ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लाभर संक्रमितको संख्या ३४ हजार पुगेको छ।
त्यस्तै आज थप ४ जना संक्रमणमुक्त भएका हुन्। यससँगै हालसम्म जिल्लाभर कोरोना निको भई घर जानेको संख्या ३३ हजार ५५० पुगेको छ।
त्यस्तै, आज चितवनमा १४ जना सक्रिय संक्रमित रहेका छन्।

