चितवन । महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २ को मिलन टोलमा रहेको शिवालय मन्दिरको परिसरमा धार्मिक एवं अन्य आगन्तूकहरुलाइ बिश्राम गर्न सहयोग पुग्नेगरी ३ थान फलामे वेञ्च हस्तान्तरण गरेको छ ।
नारायणगढ शाखाका प्रमुख बिरेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाअध्यक्ष पूर्ण बहादुर श्रेष्ठले बैंकको यस्ता कार्यहरु प्रसंशनीय रहेको र यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि हुने आशा व्यक्त गरेका थिए ।
वडाका सदस्य वलराम सिटौला, मिलन टोलका अध्यक्ष लक्ष्मण सुबेदी लगायतले बैकप्रति आभार ब्यक्त गरे ।

