चितवन। प्रसिद्ध धार्मिक स्थल देवघाटमा ३० फिट अग्लो अष्ठ धातुको भगवान शिवको मुर्ती निर्माण हुने भएको छ । मुर्ती निमार्णका लागी ठाउँको पहिचान गरि आयोजक संस्था देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताउनुभयो।
देवघाट क्षेत्र विकास समितिको डिपिआरमा समाबेश भए बमोजिमको जमिनको चार किल्ला निर्धारण गरि देवघाट धाम संरक्षण प्रतिष्ठान चितवन लाई जमिन उपलब्ध गराएको अब छिट्टै शिलान्यास गर्ने तयारी भएको छ । प्रदेश सरकारले निमार्ण गरेको देवघाट धामको डिपिआरमा ३० फिट अग्लो अष्ठ धातुको शिवको मुर्ती पनि समाबेश भएकाले त्यही डिपिआरमा समाबेश भएको चितवन तर्फ रोटरी बृद्धाश्रम तलको नदी किनारको स्नान घाट छेउको जग्गामा मुर्ती निमार्ण हुने बताउनुभयो।
जमिनको चार किल्ला निर्धारण गर्न डिपिआर निमार्ण गर्ने कन्सल्टेन्ट कम्पनीको टोलीनै आएर काम गरेको घिमिरेले बताउनुभयो । विश्वमै नभएको यो मुत्र्ती देवघाटमा निमार्ण भएसंगै यसले देवघाटको धार्मीक तथा पर्यटकिय महत्वलाई थप उर्जागर गर्ने बताउनुभयो । मुर्ती निमार्णका लागी प्रदेश सरकार भरतपुर महानगर देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष ढुन्डिराज सिलवालले बताउनुभयो । मुर्ती निमार्णमा ६ करोड खर्च हुने अनुमान रहेको छ । मुर्तीको उचाई ३० फिटको हुनेछ भने मोटाई ८ फिटको रहने छ । मुर्ती निर्माणमा ३ हजार केजी तामा, २ हजार केजी पित्तल, २ सय केजी जस्ता, २५ केजी कास, ३० केजी सिसा, चादी ५०० ग्राम, सुन ५०० ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिल्वालले बताउनुभयो ।
वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउदै पर्यटन प्रर्वधनमा योगदान पुर्याउने उद्येश्य सहित मुर्ती निर्माण गर्न लागेको आयोजक संस्थाका संरक्षक प्रखर भागवत बाचक आचार्य बालकृष्ण अर्यालले बताउनुभयो ।

