चितवन। चितवनमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ७० जनाको नमुना परिक्षणबाट थप ३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लाभर ३४ हजार १० जना संक्रमित रहेका छन्।
त्यस्तै आज थप एक जना संक्रमणमुक्त भएका हुन्। यससँगै हालसम्म जिल्लाभर कोरोना निको भई घर जानेको संख्या ३३ हजार ५३९ पुगेको छ।
त्यस्तै, आज चितवनमा २१ जना सक्रिय संक्रमित रहेका छन्।

