चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा विद्युतीय तार भूमिगत कार्यको शिलान्यास गरेका छन् ।
उनले भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेका हुन् ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रममा पोखरा- भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको कामको शिलान्यास गरिएको हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे।
नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो।
आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरणरथप गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको पनि सहभागीता थियो ।

