चितवन । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यता भएको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज उनले अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘ गठबन्धनले सहकार्य गरेर अघि बढ्नुपर्छ । गठबन्धनलाई निश्चित समय दिएर राजनैतिक स्थायित्व र विकासमा सहयोग पुग्छ ।” अहिले दलबीच गठबन्धनलाई सफल पार्नेगरी छलफल भइरहेको उनको भनाइ छ ।

