हेटौंडा । मौसम खराबी भएपछि नेपाली कांग्रेसका युवा नेता गगन थापा सहित चढेको हेलिकप्टर बकैया–४ को माझिखोलामा आकस्मिक अवतरण गरिएको छ ।
रौतहटबाट काठमाण्डौं फर्कने क्रममा मौसम खराबी भएपछि नेता थापा सवार हेलिकप्टर बकैयामा आकस्मिक अवतरण गरिएको बकैया नेपाली कांग्रेसका सभापती भूमीनन्द गौतमले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । थापा सहित अन्य हेलिकप्टर सवार सकुशल रहेका छन ।


