चितवन । लागुऔषध सहित एक किशोर नारायणगढबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने निकेश गुरुङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार राती १० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोक स्थित बुटवलबाट पोखरा तर्फ जान हिंडेको अवस्थामा गुरुङ्ग पक्राउ परेका हुन् ।उनको साथबाट नुफिम(३०)पिस; डाईजेपाम(३०)पिस,र फेनरागन(३०)पिस लागु औषध फेला परेको छ । गुरुङ्गलाई १० दिनको म्याद थपि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित एक किशोर नारायणगढबाट पक्राउ
लागुऔषध सहित एक किशोर नारायणगढबाट पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

