चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापकमाथि भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन् ।
प्राध्यापकलाई आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुख मणिराज महतोकोको राजीनामा माग गर्दै प्रमुखको कुर्सीमा आगजनी र विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले क्याम्पसका प्राध्यापकमाथि युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले हातपात एवं दुव्यवहार गरेको आरोप लगाउँदै आएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)का संयोजक प्रकाश देवकोटाले दोषिलाई कडा कारबाहीको माग गरेका छन् ।

