चितवन । रत्ननगरको पञ्चकन्या सामुदायिक वनमा एक बृद्धको गैंडाको आक्रमणबाट आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ११ सितल टोल बस्ने ७५ अन्दाजी ७५ बर्षीय रोहीका कुमाल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सोही वडाको उक्त वनमा निहुरो टिप्न जांँदा नलाई दिउसो २ बजेर ४० मिनेटको सममयमा गैंडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भिर घाइते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा अपरान्ह पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

