चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले देशमा आर्थिक समस्या हुन नदिन युवा पुस्तालाई व्यवसायमा लाग्न उत्प्रेरीत बनाउने खालको नीति ल्याउनु पर्ने बताएका छन् । उवासंघ चितवनले शुक्रबार आयोजना गरेको युवा उद्यमशिलता विकास र यसका सम्भावना बिषयमा अन्तरक्रिया बोल्दै उनले सो बताएका हुन् ।
अध्यक्ष श्रेष्ठले अहिले नेपाली यूवाहरु विदेश पलायन हुनेको संख्या बढ्दै भन्द यसलाई न्यूनिकरण गर्ने दाईत्व राज्यको मात्र नभएर आम नेपाली नागरीकको समेत भएको बताए ।
सोही कार्यक्रममा वोल्दै नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सुर्यभक्त अधिकारीले उद्योग वाणिज्य संघ–चितवन हाम्रो अभिभावक संस्था भएकोले यस संस्थाका गरेका हरेक गतिविधीहरुमा समावेश गर्न अनुरोध गर्दै, यूवाहरुलाई नेपालमै उद्यमी बनाउनका लागि मेड इन नेपाल प्रोजेक्ट सञ्चालन गर्दै आईरहेको समेत जानकारी दिए । अध्यक्ष अधिकारीले संस्थाको उद्देश्य यूवाहरुलाई उद्यमशिलतामा आकर्षित गराउने रहेको समेत बताए ।
कार्यक्रममा उवासंंघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ उपाध्यक्ष त्रय चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली र सिरिष पन्तले उद्यमशिलता बिषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, संघका कार्यसमिति सदस्य, कार्यकारी निर्देशक निलबहादुर के.सी, एवं नेपाली युवा उद्यमी मञ्च चितवनका नवनिर्वाचित कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।

