चितवन । राप्ती खोला हेर्न गएका दुई जनालाई बाघले आक्रमण गरेको छ । दुईमध्ये एक जना घाइते छन् भने अर्का एक जना आक्रमणबाट भाग्न सफल भएका छन् ।
भरतपुर २३ स्थित हरियाली सामुदायिक वनमा भरतपुर २४ बस्ने वर्ष ४३ का राजेश वाईवा र उनको साथी ६० वर्षका कृष्णबहादुर लामालाई बाघले आक्रमण गरेको थियो । उनीहरु राप्ती खोला हेर्न गएको थिए । राजेश वाईवालाई बाघले आक्रमण गरी घाइते बनायो भने लामा भाग्न सफल भए ।
इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीले टोलीले घाइतेको उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको छ । वाइवाको छाती र कुममा चोट लागेको छ । वाईवाको अवस्था मध्यम बोल्न सक्ने अवस्थामा रहेका छन् ।

