पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा आफूमाथि हुने सम्भावित ‘घातक’ आक्रमणको बारेमा आफू सत्तामा फर्कन नचाहनेहरूको योजना भएको बताएका छन् ।
मोर्गनले इमरान खानलाई आफूमाथि भएको कथित घातक हमलाबारे प्रश्न सोधेका थिए । जसको जवाफमा खानले आफूविरुद्ध षड्यन्त्र भएको कुरा आफूले पहिल्यै बताइसकेको बताए । ‘मविरुद्ध षड्यन्त्र भएको थाहा थियो । मविरुद्ध षड्यन्त्र भएको कुरा अविश्वासको प्रस्ताव आउनु ६ महिनाअघि नै थाहा थियो ।’ खानले भने ।
खानले हरेक पटक आफूले यो सफल नहुने सोच्ने गरेको बताएका छन् । केही कारणले आफूविरुद्धको षड्यन्त्र सफल नहुने महसुस भएको उनले बताए ।
उनले भने, ‘कुनै कारणले मलाई पदबाट हटाउने षड्यन्त्र सफल हुन नसकेको महसुस भयो, खासगरी करिब ३० वर्ष सत्तामा रहेका र जसका विरुद्ध भ्रष्टाचारका अनगिन्ती मुद्दा छन्, उनीहरुले रचेका षड्यन्त्रका कारण । मेरो ठाउँमा आएको नयाँ सरकारले ६० प्रतिशत मन्त्रिपरिषद् धरौटीमा छ । यस्तो अवस्थामा हाम्रो सरकार हटाउन सकिन्छ भन्ने मेरो दिमागले पत्याइरहेको थिएन । दुई वर्षमा देशलाई हरेक किसिमको संकटबाट बाहिर ल्याउने सरकार । यी अपराधीहरूले यस्तो सरकार ढाल्न सक्छन् भन्ने मैले सोचेको पनि थिइनँ।’
आफूमाथि भएको कथित घातक हमलाबारे खानले भने, ‘यस्तो अवस्थामा जो म फर्कन चाहँदैनन्, यो उनीहरुको षड्यन्त्र हो ।’
उनले भने, ‘उनीहरू म फेरि नआऊन् भन्ने चाहँदैनन्। त्यसैले उनीहरुको लागि यो अन्तिम समाधान हो।’ यससँगै इमरान खानले ‘पाकिस्तानको वास्तविक स्वतन्त्रताका लागि जिहाद’ गर्ने कुरा पनि गरेका छन् ।
खानको पार्टी पाकिस्तान तेहरीएइन्साफले ट्विटमार्फत् यसबारे जानकारी दिएको छ । ट्विटका अनुसार खानले भनेका छन्, ‘पूरा देश तयार रहनुहोस्, म तपाईंलाई छिट्टै बोलाउनेछु र हामी इतिहासको सबैभन्दा ठूलो विरोध प्रदर्शन गर्नेछौं किनभने यो राजनीति होइन, यो पाकिस्तानको वास्तविक स्वतन्त्रताको लागि जिहाद हो।’ एजेन्सी

