चितवन । चितवनको खैरहनी नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमती घाइते भएकी छिन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीलाई कुटपिट गरेका हुन् ।
माझीले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ।
माझीलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

