चितवन । सत्ता गठबन्धनभित्र रहेका नेपाली कांग्रेसले चितवनका सात पालिकामध्ये दुई पालिकामा मात्रै विजय प्राप्त गरेको छ । चितवनमा दुई पालिका जित्दैमा कांग्रेस दोस्रो ठूलो दल बनेको छ ।
कांग्रेसले रत्ननगर र खैरहनी गरी दुई पालिकामा मात्रै जित हासिल गरेको छ । कांग्रेससँग यी दुवै पालिकामा आफना उपमेयर छैनन् । खैरहनीमा कांग्रेसबाट उमेदवार शशीकुमार खनियाँले १४ हजार ५ सय ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनले आफ्ना निकतटम प्रतिद्धन्दी नेकपा एमालेकबाट मेयरका उमेदवार लालमणिलाई ८ सय ५० मतले पराजित गरेका हुन् । खनियाँका निकतटम प्रतिद्वन्द्वी चौधरीले १३ हजार ६ सय ९५ मत प्राप्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका उमेदवार सागर पाण्डेले १ हजार ५ सय ५९ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
कांग्रेस यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा कांग्रेस चितवनको इच्छाकामना गाउँपालिकामा मात्रै विजयी भएको थियो । यस पटकको निर्वाचनमा गठबन्धनसँग मिल्न जाँदा कांग्रेसलाई फाइदा भएको देखिएको छ ।
यता, रत्ननगरको प्रमुखका कांग्रेसका उमेदवार प्रल्हाद सापकोटा भारी मतले विजयी भएका छन् । उनले २० हजार ७ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् ।
सापकोटाले उनकी निकतटम प्रतिद्वन्द्वी एमालेबाट उमेदवार बिमला दवाडीलाई ८ हजार ६८ मतले पराजित गरेका हुन् । त्यस्तै उक्त पालिकामा मेयरकै प्रतिश्पर्धामा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार हरिशरण भट्टराईले १ हजार १ सय ८५ मत प्राप्त गरेका थिए ।
कांग्रेस यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा कांग्रेस चितवनको इच्छाकामना गाउँपालिकामा मात्रै विजयी भएको थियो । यस पटकको निर्वाचनमा गठबन्धनसँग मिल्न जाँदा कांग्रेसलाई फाइदा भएको देखिएको छ ।
चितवनमा तीन पालिका जितेर नेकपा एमाले पहिलो दल बनेको छ ।

