चितवन । चितवनका ७ पालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । चितवनमा ७० देखि ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । मतपेटिका सबै केन्द्रमा आएपछि गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आजै रातिबाट गणना सुरु गरिने बताए । उनले भने, ‘मतपेटिका सबै आइसकेपछि ढिलोमा पनि आज राति ११ बजेसम्म मतगणना सुरु गर्नेछौँ ।’

