चितवन। चितवनको खैरहनी नगरपालिकाका मेयर पदका उमेदवार शशी खनियाँले खैराहनीको समग्र विकासमा विपक्षीले काम भन्दा ठूला गफ गरेको बताएका छन्। गठबन्धनले आज (मंगलबार) खैरहनीमा आयोजना गरेको नगरस्तरीय वृहत सभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन्।
विगतका वर्षहरुमा विपक्षीले केही पनि काम गर्न नसकेको भन्दै उमेदवार खनियाले आरोप लगाएका छन्। उनी भन्छन, ‘हरेक वर्षको बाढीले पर्सा बजार डुबाउँछ। विपक्षीले डुबान रोक्न केही गर्न सकेन।’ उनले जनतालाई सँधै आस्वाशन मात्र देखेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन नसकेको समेत बताए।
खनियाँले जनताका मागको सम्बोधन गर्न विपक्षी चुकेको बताउँदै आफु विजयी भएपछि जनताका आशा भरोसालाई टुट्न नदिइ माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे।

