चितवन। निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका चितवन अध्यक्ष बद्री तिमिल्सिना र आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालाई स्पष्टीकरण सोधेको छ । मतदाता प्रभावित पार्न निस्सा बाँडेको विषयलाई लिएर सोधिएको स्पष्टीकरणको जवाफ तीन दिनभित्र पेस गर्न निर्देशन दिइएको छ ।
आयोगले तिमिल्सिना र खड्कालाई स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुरका मतदातालाई भूमिको निस्सा बाँडेको विषयमा हो होइन भनी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ । २३ वैशाखमा तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरीत चितवनको भरतपुर–११ गणेस्थानमा भूमिको निस्सा बाँडेका थिए ।

