चितवन । नेपाली कांग्रेस चितवनले आकस्मिक बैठक बोलाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले आज २ बजे आकस्मिक बैठक बोलाएको हो ।
कांग्रेस चितवनले अनिवार्य रुपमा पार्टी कार्यलय नारायणगढ कमलनगरमा बस्ने बैठकमा उपस्थितिको लागि जिल्ला कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुमा अनुरोध गरेको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उमेदवार उठेका जगन्नाथ पौडेलको विषय र उमेदवार छनौटमा पैसाको चलखेल भएको कांग्रेस भित्रैबाट उठेको आरोपलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

