चितवन । २०७४ सालको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । मनोनयन दर्ता गरिसकेका कांग्रेसबाट उमेदवार बनेका दिनेश कोइरालाको टिकट खोसिएको थियो ।
गठबन्धनबाट रेनु दाहाल उमेदवारी बनेकी थइन् । एमालेबाट मेयरको उमेदवारी देवी ज्ञवाली थिए । देवी ज्ञवाली र रेनु दाहालबीच घम्साघम्सी परेको थियो । कडा टक्कर भएको थियो । १९ नम्बर वडामा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि अदालतको आदेशबाट सो वडामा पुनः चुनाव भयो । २०३ मतको भिन्नताले रेनु दाहाल निर्वाचित भइन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो । निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याई विजयी बनेकी थिइन् । उनले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी प्रसाद ज्ञवालीको भन्दा मात्र २०३ मत बढी ल्याएर विजयी बनेकी थिइन् । ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।
एमालेबाट मेयरको उमेदवारी देवी ज्ञवाली थिए । देवी ज्ञवाली र रेनु दाहालबीच घम्साघम्सी परेको थियो । कडा टक्कर भएको थियो । १९ नम्बर वडामा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि अदालतको आदेशबाट सो वडामा पुनः चुनाव भयो । २०३ मतको भिन्नताले रेनु दाहाल निर्वाचित भइन् ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सीनाले ६ हजार ८४२ मत पाएका थिए । २०७४ सालमा भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाह ठकुरी विजयी बनेकी थिइन् । उनले ४७ हजार १९७ मत प्राप्त गरेकी थिइन् । उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार दिब्य शर्माले ३९ हजार ५२५ मत प्राप्त गरेकी थिइन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् ।

