चितवन । रत्ननगर नगरपालिकाको मेयरमा आज तीन जनाले उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत विनोदकुमार गौतमका अनुसार मजदुर किसान पार्टीका पुनाराम शर्मा, जनता समाजवादी पार्टीका यदुकृष्ण भट्ट र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका धनबहादुर थिङले रत्ननगरको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
उपमेयरमा दुई जनाले उमेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट गोमादेवी देवकोटा र मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट ईश्वरी गुरुङले उपमेयरमा उम्मेदवारी दर्ता गराए ।

