चितवन । शान्ति सुरक्षासम्बन्धी विद्यालयस्तरको पाठ्यसामग्री भरतपुर महानगरका सामुादायिक र संस्थागत विद्यालयमा लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामग्री निर्माण गरेको हो । पाठयसामग्रीका विषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसँगै सो पाठ्यसामग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागू भएको छ ।
समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल र सामुदायिक तथा संस्थागत विद्यालयका प्रअले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङं र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।
सामाजमा हुने सबै प्रकारका अपराधहरु न्यूनीकरण गरी शु-सभ्य समाज निर्माणका लागि विद्यार्थीलाई सचेतना दिने गरी १७ विषयसुची समावेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निर्माणको लागि धेरै ठूलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट विद्यार्थीमाथि हुने यौनजन्य दुव्र्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामग्री तयार गर्नु परेको अधिकारीले बताए ।
पुस्तकमा लागूऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी ट्राफिक सचेतना, विपद जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका संकेत र बचाउने उपाय, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली, प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाय, असल मानिसका कर्तब्य र जिम्मेवारी, प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्मरक्षा र बच्ने उपाय समावेश गरिएका छन् ।

मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताइन् । ज्ञान चेतनासहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ९७ संस्थागत विद्यालयमा यो पाठयक्रम लागु भएको उनले बताइन् । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताइन्। नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ ।
पुस्तकमा लागूऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी ट्राफिक सचेतना, विपद जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका संकेत र बचाउने उपाय, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली, प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाय, असल मानिसका कर्तब्य र जिम्मेवारी, प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्मरक्षा र बच्ने उपाय समावेश गरिएका छन् ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सबै प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्युनीकरणका लागि स्कुल नै सबैभन्दा महत्वपुर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले विद्यार्थीलाई चरित्रवान बनाउन धेरै सहयोग हुने जानकारी दिए ।
सामुदायीक विद्यालयतर्फबाट भिमनगर स्कुलका प्रअ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतीकरण सुनेपछि विद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिकालाई सहि बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्त्वपूर्ण काम गर्ने बताउँदै उनले सामाजिक सन्जाल र मोवाईलले विद्यार्थी गलत बाटोमा लागेको बताए । विद्यार्थीले पढाईमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाइ थियो । त्यस्तै सप्तगण्डकी क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय लेवलका विद्यार्थीका लागि आवश्यक रहेको बताए ।

