चितवन । युथ क्लब नारायणगढका पूर्वअध्यक्ष भानुप्रकाश जोशी तथा धन जोशीले आफ्नो ५० औँ स्वर्ण विवाह वर्षगाँठको पावन अवसरमा सामाजिक सेवा गरेका छन् ।
इच्छाकामना गाउँपालिका वडा नं १ काउले मेत्राङमा रहेको जीवन ज्योति आधारभूत विद्यालयका करिव १०० जना बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेर उनीहरुले वैवाहिक वर्षगाँठ मनाएका छन् ।
उनीहरुका छोरी निला जोशीको सहयोग र युथ क्लब नारायणगढको संयोजनमा स्टेशनरी वितरण गरिएको हो । युथ क्लब नारायणगढ का अध्यक्ष रामबाबु श्रेष्ठ र सदस्य रामचन्द्र आचार्यको समुपस्थितिमा स्टेशनगरी हस्तान्तरण गरिएको थियो । ५० औँ वैवाहिक वर्षगाँठमा पुगेका जोडीलाई बालबालिकाले दीर्घायू सुस्वास्थ र प्रगतिको कामना गरेका थिए ।

