खैरहनी । पूर्वीचितवनको खैरहनीबाट झण्डै एकलाख नगदसहित पांँच जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा चन्द्र प्रसाद श्रेष्ठ, हरिशरण तिमिल्सिना, दिपेश बर्तौला, सन्दिप उप्रेती र सुदिप गिरी रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार खैरहनी नगरपालिका वडा नम्बर २ स्थित राप्ती अटो वर्कशपको माथिल्लो तलामा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउँसो पक्राउ परेकाहरुको साथबाट प्रहरीले ९२ हजार ६ सय ६५ रुपैयाँ बरामद गरेको जानकारी दिएको छ ।
उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनी बाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ठाउंबाट नगद र तास सहित नियन्त्रणामा लिएको हो

