चितवन। सशस्त्रप्रहरी बल (एपिएफ) एफसीचितवनको भरतपुरमाजारी दोस्रो राष्ट्रिय महिलालिगको शिर्ष स्थानमाउक्लिएको छ । आज ९बिहीबार० भएको पहिलो खेलमावालिङलाई ७–० को फराकिलो अन्तरले पराजितगर्दै एपिएफशिर्ष स्थानमा उक्लिएको हो ।
एपिएफको फराकिलो जितमाहालै मात्रचोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बाचार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक(एक गोल गरे ।
पहिलो हाफमाएपिएफले २ गोलग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रतादिलाईन् । वालिङकीगोलकिपरलाई बिट गर्दै अनिताले सहजगोल गरिन् । पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औंमिनेटमा सरुलिम्बुले गोलगर्दै एपिएफलाई २–० को अग्रता दिलाईन् ।
दोस्रो हाफमा साम्बा मैदानप्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदानप्रवेश गरेकी साम्बाले ५१ औंमिनेट व्यक्तिगतगोलको खाताखोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन् ।
६६ औंमिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४(० को अग्रतालियो । ७५औंमिनेटमा आर्मीले पाचौं गोल ग¥यो । अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रतादिलाईन् । ७९औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदानप्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो ।
लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगतचौथो गोल गर्दै एपिएफलाई ७–० को जितदिलाईन् । यो जितपछि एपिएफ ३ खेलबाट ९ अंकबनाउँदै तालिकाको शिर्ष स्थानमाउक्लिएको छ । समान खेल खेलेको वालिङ भने अझै अंकविहिन छ । लिगअन्तर्गत आजको दोस्रो खेलमा धनगढी र ललितपुर भिड्दैछन्।

