चितवन । नेपाली कांंग्रेस रत्ननगरले आजको घरदैलोलगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । पार्टी नगर कमिटी सदस्य नयन तार श्रेष्ठ र उनको श्रीमान निरन्जन श्रेष्ठको निधनको शोकमा कांग्रेस रत्ननगरले आज हुने भनिएको सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ ।
नगर सभापति प्रलाद सापकोटाले पार्टीको आजको सम्पूर्ण कार्यक्रम स्थगित भएको बताए । श्रेष्ठ दम्पतीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको उनले बताए । बुधबार रत्ननगरको भानुचोकमा भएको मोटरसाइकल दुर्घटनामा श्रेष्ठ दम्पतिको निधन भएको थियो ।

