चितवन । स्वर्गीय दिलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरानकप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामाहुने प्रतियोगिता भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्मचल्नेछ ।
क्लबले यस पटक स्व। राणा स्मृतिको नाममाप्रतियोगिताआयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागीहुनेछन् । सहभागी टिमलाई दुई समूहमाबिभाजनगरिएको छ ।
समूह ए माचितवन भेटेरान रातो, कैलाली भेटेरान, वौद्ध भेटेरान फुटबल क्लब काठमाडौं, सिमरा भेटेरान, ठमेल ११ भेटेरान काठमाडौं, अभिषेक चर्च रजहर, एनआर टी काठमाडौं र हेटौंडा भेटेरान रहेका छन् ।
समूह बी मा साबिकविजेताकाल भैरव भेटेरान हेटौंडासहित फ्रीडम फाइटर भेटेरान काठमाडौं, बगरभाई खलक भेटेरानपोखरा, कलकत्ता भेटेरानभारत, सानो गौचरन भेटेरान काठमाडौं, बुटवल उपमहानगरपालिका भेटेरान, चितवन भेटेराननिलो र नवलपुर भेटेरान रहेका छन् ।
प्रतियोगिता यस पटक नाइन ए साइड हुनेछ । हरेकदिनबिहान २ र दिउँसो २ गरी चार खेल हुनेछ । उद्घाटनको दिनभने एक खेलमात्रहुनेछ । उद्घाटन खेल काल भैरव हेटौंडा र फ्रीडम फाइटर काठमाडौंबीचदिउँसो ३ बजे हुनेछ ।
विजेताले एक लाख ५१ हजार प्राप्तगर्नेछ भने उपविजेताले ७५ हजार प्राप्तगर्ने क्लबकाअध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिकगोलकर्ताले पाँच(पाँचहजार प्राप्तगर्नेछन् । हरेक खेलको म्यानअफदिम्याचले तीन–तीनहजार प्राप्तगर्नेछन् ।
प्रतियोगिता सम्पन्नगर्न ११ लाखखर्च हुने संयोजक भरत सुवेदीले जानकारी दिए । कियामोटर्स प्रतियोगिताको मुख्यप्रायोजकहो भने भरतपुर महानगरपालिका सह आयोजकहो। गतवर्ष नै हुनुपर्ने प्रतियोगिताकोभिडका कारण यस वर्ष आयोजनागरिएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुवेदीले बताए ।

