चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष्य पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले जस्तै अन्य क्षेत्रले पनि काम गर्न सके देश छिट्टै बन्ने बताएका छन् ।
पूर्वी चितवनको राप्तीमा आज (बुधबार) आयोजित नेपाल विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपाल विद्युत प्राधिकरण जति काम अन्य क्षेत्रमा पनि हुने हो भने देश छिट्टै बन्ने बतएका हुन्।
अध्यक्ष प्रचण्डले विद्युतीकरणमा क्रान्ति ल्याई केही वर्षभित्रमै देश र जनतालाई समृद्धिको उचाइमा पुर्याउने बताएका छन्। विद्युतको माध्यमबाट यातयात, कृषि, शिक्षा लगायतका सबै क्षेत्रमा आमुल परिवर्तन ल्याउने बताउँदै उनले आफु चितवन जिल्लाको जनप्रतिनिधिको हैसितले आइसकेपछि यसलाई नमुना विकासको मोडल बनाउने बताएका छन्। उनले भने, ‘चितवनलाई विद्युतीकारण, बाटोघाटो, सिँचाई, तटबन्धनबाट जनतालाई सुरक्षित गर्ने, शिक्षा र स्वास्थ्यको हव बनाएर देशभर विकासको सन्देस दिने र स्थानीयलाई रोजगार सृजना गरी विकासको मोडल बनाउने सम्भावना बोकेको छ। ‘
कार्यक्रका सभापति तथा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनमा ५० वर्षसम्मका लागि जनतालाई सेवा पुग्ने गर्ने गरी पूर्वाधार विकास गर्न सम्भव रहेको बताएका छन्। उनले चितवनका सबै भेगलाई समेटेर सक्दो सहयोग गर्ने बताए।

