चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सत्तारुढ दलको गठबन्धन हुने बताएका छन् । आफ्नो गृहजिल्ला चितवन आएका प्रचण्डले आज पत्रकारसँग गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुने र भरतपुरमा माओवादी केन्द्रले दावी गर्ने बताए ।
उनले भने, ‘कुन पालिका कसलाई दिने भनेर एकदुई दिनमा टुंगो लगाउँछौँ, अब चुनावी तालमेल नहुने भन्ने कुरा रहेन । कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ ।’ महानगरपालिका र उपमहानगरपालिका माथिबाटै टुंगो लगाइने प्रचण्डको भनाइ छ ।

