चितवन । भरतपुर महानगरपालिका वडा नं २५ अमृतनगरका सुभाषचन्द्र घिमिरे मौरीको गाइड (पथ प्रदर्शक) हुन् । उनको दिनचर्या मौरीलाई डुलाएर बितिरहेको छ । कहिले मौरीलाई दाङ लैजान्छन् त कहिले शक्तिखोरको पहाड लैजान्छन् । कहिले तनहुँ लैजान्छन् त कहिले लुम्बनी लैजान्छन् । उनी भन्छन्, ‘मह बेच्छु, खान्छु, ज्यान पनि बनाउँछु, स्वस्थ पनि हुन्छ, मलाई जापान पनि यही, कोरिया पनि यही भइरहेको छ ।’
दुई दशकभन्दा बढी मौरीसँग बिताए उनले । पछिल्लो समय मौरीका घारसँगै उनको व्यस्तता बढ्दै गएको छ । २३ वर्षदेखि मौरीपालन गर्दै आएका घिमिरे जतिबेला मौरीलाई साथी बनाए, त्यहाँदेखि उनको विदेश जाने सपना सबै हरायो ।
उनी भन्छन्, ‘मौरी हेर्नू त कति मिहिनेती हुन्छ, त्यस्तो मिहिनेती हामी भयौँ भने हामीले हाम्रो माटोमा सुन फलाउन सक्छौँ ।’ मौरीसँग घिमिरेले २०५६ सालमा साइनो गाँसेका थिए । विद्यार्थी जीवनमा झोला बोकेर स्कुल जान हिँडेका उनले लटरम्म तोरी फुलेको देखे । त्यही बारीमा मौरीपालक कृषकले चरिचरणका लागि ल्याएका मौरीको मह निकाल्ने क्रममा महका धारा देखेपछि उनको मन मौरीपालनतर्फ मोडियो ।
त्यसलगत्तै घिमिरेलगायत २७ जना युवाले प्रतिव्यक्ति १४ सय रुपैयाँ लगानी गरी त्यसै वर्षदेखि सामूहिक रुपमा मौरीपालन सुरु गरे ।
सामुहिक रुपमा काम गर्दा सफल भएपछि उनीहरुले समुहलाई सहकारीमा परिणत गरी सिर्जनशिल मौरीपालन सहकारी संस्था लिमिटेड बनाए । त्यसै समुहबाट उनले उपहार पाएको एक घार मौरी बाट २०५९ सालमा व्यक्तिगत रुपमा व्यवसायीक मौरीपालन सुरु गरेका घिमिरेले अहिले ११५ बटा मौरीका घार बनाएका छन् ।

मौरी पालनबाट उनी सफल कृषक तथा उद्यमीको रुपमा परिचित छन् । मौरीले नै उनको परिचय बनाइदिएको उनी ढुक्कसँग भन्छन् । उनी आफ्नो व्यवसायप्रति आफुसँगै उनका परिवार एकदमै सन्तुष्टि रहेको बताउँछन् । परिवारसँगै कृषि पेशामा आवद्ध हुँदा भौतिक, मानसिक र पारिवारीक सुख मिलेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘मौरी हेर्नू त कति मिहिनेती हुन्छ, त्यस्तो मिहिनेती हामी भयौँ भने हामीले हाम्रो माटोमा सुन फलाउन सक्छौँ ।’ मौरीसँग घिमिरेले २०५६ सालमा साइनो गाँसेका थिए । विद्यार्थी जीवनमा झोला बोकेर स्कुल जान हिँडेका उनले लटरम्म तोरी फुलेको देखे । त्यही बारीमा मौरीपालक कृषकले चरिचरणका लागि ल्याएका मौरीको मह निकाल्ने क्रममा महका धारा देखेपछि उनको मन मौरीपालनतर्फ मोडियो ।
नेपालमा शिक्षित युवाहरु रोजगारका अवसर खोज्दै खाडीको चर्को घाममा पसिना बगाइरहेकोे अवस्था आज पनि उस्तै छ । ‘हिजो मौरी पाल्न सुरु नगरेको भए म पनि विदेशिनुपथ्र्यो । विदेशमा गएर उमेर र ताकत सकेर क्षणिकका लागि धन त कमाइएला तर, स्वदेश फर्किएपछि नेपाली सामाजमा घुलमिल हुन, नेपाली माटोलाई चिन्न भने गाह्रो पर्छ । यही सोचले विदेश जाने मेरो मनासिकता नै बनेन’ उनले भने, ‘पहिलेदेखि संघर्ष गर्दै कृषिमा लागेको भएर अहिले सफलता हासिल गर्न सकियो, मह बेचेर खुसी छ, यो पेसामा लाग्न पाउँदा अत्यन्तै हर्षित छु ।’
मौरी संघर्षलाई परिवारको साथ र मौरीले राम्रो फल दिएको घिमिरे बताउँछन् । मौरी पालनबाट घर खर्च, छोराछोरीको पढाई खर्चका लागि आम्दानीको स्रोत मात्रै नभएर बचत समेत हुने गरेको उनी बताउँछन् । उनले वार्षिक ४५ क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँछन् । मह सिजन अनुसार उत्पादन हुने गर्छ । उनले वर्षको २२ लाख बढीको कारोबार हुने गरेको बताउँछन् । सबै लागत कटाएर वार्षिक १५ लाख सजिलै मह बेचेर टिप्ने गरेको उनले बताए । उनले भने, ‘प्रत्येक मौरीको घारबाट पैसा टिप्छु, प्रत्येक महको थोपाथोपामा पैसा फल्छ ।’
घिमिरेले अहिले आफ्नो महको ब्राण नै स्थापित गरेका छन् । उनले श्रद्धा एण्ड श्रद्धेय कृषि तथा मौरी फर्मको नाममा उद्योग स्थापना गरी सिजन ब्राण्डको मह विक्री वितरण गर्दै आएका छन् । श्रद्धा एण्ड श्रद्धेयमा उत्पादित मह चितवन र आसपासका जिल्ला नवलपुर, पर्सा, हेटौँडालगायत काठमाडौँसम्म पुग्ने गरेको छ । कहिलेकाहीँ मौसमको प्रतिकुल असर तथा वनस्पति अभावका कारण उत्पादन घट्ने गर्छ ।

पछिल्लो समय मौरीपालनमा कृषकको आकर्षण बढे पनि यस पेशामा सरकार कृषकलाई स्थापित गर्ने नीति ल्याउन नसकेको घिमिरे बताउँछन् । कृषि क्षेत्रले देशको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन सक्ने भन्दै बहु उपयोगी तथा औषधीय गुण भएको मह उत्पादनको ठूलो हात रहेको भन्दै नेपालमा मौरीपालक कृषकलाई सहजता प्रदान गर्ने नीति ल्याउन आवश्यक रहेको उनी बताउँछन् ।
नेपालमा मौरी पालनका लागी आवश्यक वनस्पतीको अभाव, वनस्पती पाइने ठाउँमा कृषि सडकको बन्न नसक्नु, स्थानीयस्तरमै चरिचरणको र अस्वस्थ प्रतिश्पर्धाका कारण बेला–बेलामा मौरी पालक कृषकका मूख्य समस्या बताउँदै यसले गर्दा नेपालमा मौरी पालक कृषक बढ ेपनि मह उत्पादन बढ्न नसकेको रहेको घिमिरे बताउँछन् ।
सरकारले मौरी पालक कृषकले पाउने अनुदानमा समेत सहजीकरण गर्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘५० प्रतिशत अनुदानमा घार दिने भनेर कृषकलाई झुक्याइएको छ । अनुदानमा झण्झट बढी हुने र किसानले बाहिरबाट व्यक्तिगत खरिद गर्ने घारभन्दा अनुदानमा पाउने घार महंगो पर्न जान्छ । व्यवसायीक किसानलाई अनुदान भनेर झुक्याउने काम भइरहेको छ ।’
नेपालमा मौरी पालनका लागी आवश्यक वनस्पतीको अभाव, वनस्पती पाइने ठाउँमा कृषि सडकको बन्न नसक्नु, स्थानीयस्तरमै चरिचरणको र अस्वस्थ प्रतिश्पर्धाका कारण बेला–बेलामा मौरी पालक कृषकका मूख्य समस्या बताउँदै यसले गर्दा नेपालमा मौरी पालक कृषक बढ ेपनि मह उत्पादन बढ्न नसकेको रहेको घिमिरे बताउँछन् ।
सरकारले मौरीपालक किसानलाई प्रोत्साहन दिन शुन्य प्रतिशत व्याजदरमा समय अवधि तोकेर ऋण दिने व्यवस्था गरे मौरीपालक कृषक र मह उत्पादन बढ्ने घिमिरे बताउँछन् ।
मह उत्पादनलाई बढाउन राज्यले बाहिरबाट आयातित महलाई रोक लगाउने, नेपालमा मह र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने, कृषकलाई राज्यले सहजिकरण गर्ने र निर्यात बढाउने वातावरण सिर्जना गर्न सके मौरी पालनमा कृषक स्थापित हुनुका साथै उत्पादन पनि बढ्ने उनको भनाइ छ ।

