चितवन। नेपाली कांग्रेस चितवनले “घर घर जाउँ, काँग्रेस जिताऔं” अन्तर्गत आज भरतपुर १० मा वडा परिक्रमा गरेको छ। सबै स्थानीय तहका वडाहरुमा निर्वाचन नजिकिएसँगै यो अभियान सुरु गरिएको हो।
नेपाली कांग्रेस प्रदेश २ क्षेत्र (ख) का सचिव कृष्ण विलास अधिकारीले चैत १२ गते देखि सुरु भएको यस अभियान हरेक टोलटोलमा पुगेर काँग्रेसलाई सुदृढ र सशक्त बनाउने काम भइरहेको बताए। पाँच दिनसम्म चल्ने यस अभियानमा मतदाताको घर घरसम्म पुगेर नेपाली कांग्रेस सरकारमा रहेदेखि आजसम्म गरेका क्रियाकलापहरु स्पष्ट रुपमा बुझाउने उनले बताए। कांग्रेसको यो अभियान पश्चात पुन: नयाँ अभियानमा लाग्ने अधिकारी बताउँछन्।



