चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले भूमिहीन तथा सुकुमबासीहरुले अब लालपुर्जा पाउने विषयमा भम्र फैलाउने काम भएको बताएका छन् ।
पूर्वी चितवनको रत्ननगर र खैरहनीका स्थानीयसँग छलफल तथा भेटघाटको क्रममा उनले भने, ‘यो २२ औँ आयोग हो, यसभन्दा अगाडि २१ वटा आयोग थिए, खाली कामभन्दा गफ भए उनले भने, अहिले यो शक्तिशाली आयोग हो, भूमिहिनलाई भूमिपति बनाउन झनझटीला प्रक्रिया हटाउदै ठाँउको ठाँउ निस्सा र नाँपजाँच सुरु भएपछि केही अत्तालिएका छन् ।” उनले भुमिहिन अब भूमिपति भएर आफ्नो भम्रखेती रोकिने डरले भम्र फैलाउने अभियानमा केही दलालहरु सक्रिय बनेका स्पष्ट पारे ।
“हिजो दुईतिहाइ सरकार हुदाँ, ३ वर्षसम्म माखो नमार्ने’ उनले भने अनि अहिले अब सुकुम्वासीहरुले जग्गा पाउने भए भनेपछि नक्कली लालपूर्जा हो भन्दै भम्र फैलाउने, यो कस्तो राजनीति हो ?” उनले बोलेरभन्दा पनि आफू फिल्डमा नै आएर कामबाट जनतालाई स्पष्ट पारेको समेत बताए । उनले भूमीहीनहरुलाई जग्गा मालिक बनाउन अब कसैले रोक्न नसक्ने भन्दै भम्र फैलाउनेकोपछि नलाग्न आग्रह पनि गरे ।
“लामो समयको प्रतिक्षापछि भूमिहीनहरु भूमिको मालिक बन्दैछन्’ उनले भने, ‘निस्सामा आयोग छाप खोई, सही खोई ? यो नक्कली हो भनेर भम्र फैलाएका छन् ।” अध्यक्ष तिमिल्सीनाले अब भूमिहीन तथा सुकुम्बासीलाई भोट बैँक बनाउन नपाउने डरले भ्रम फैलाउन केही नेताहरु सक्रिय भएको भन्दै यस्ता व्यक्तिविरुद्ध कडा प्रतिवाद गर्न आग्रह पनि गरे ।

