चितवन। उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि निर्वाचन हुँदैछ। २ उपाध्यक्ष सहित १० जना सदस्यका लागि नेतृत्व चयन गर्न ३ हजार ४ सय ३७ जना मतदाताहरुले मतदान गर्नेछन् ।
प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष कर्पोरेट, वस्तुगत सदस्य र वाणिज्य सदस्यका लागि ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । यसअघि अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उद्योगतर्फका उपाध्यक्ष चिरञ्जिवी सुवेदी निर्विरोध चयन भइसकेको उनले जानकारी दिए। मतदान बेलुका ५ बजे सम्पन्न गरि राती ७ बजेदेखि मतगणना गरिने उनले जानकारी दिए।

