चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा रोकिराखेको डिब्बा ट्रक त्रिशुलीमा कसरी खस्यो भनेर प्रहरीले नै भेउ पाउन सकेको छैन । चितवन प्रहरीले ना ६ ख ४९३९ नम्बरको खाली ट्रक हिजो त्रिशूलीमा खसेको जनाएको छ । तर ट्रकमा चालक थिए वा थिएनन् प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन ।
त्रिशुली नदीमा खसेको इलाका ट्रक निकाल्ने काम भइरहेको छ । मुग्लिन प्रहरीले बिग्रेर बसेको ट्रक त्रिशूलीमा खसेको जनाएको छ । तर कसरी त्रिशूलीमा ट्रक खस्यो वा खसालियो यो विषयमा अनुसन्धान भइरहेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीले गाडीको साहुसँग सम्पर्क गरेको छ ।
घटनास्थलमा ट्रकका साहु काठमाडौँबाट आइरहेका प्रहरीको भनाइ छ । ‘चालक र साहु आएपछि घटनाको बारेमा थाहा हुन्छ, अहिले अनुसन्धानकै घेरामा छ’ प्रहरी प्रवक्ता अधिकारीले भने ।

