चितवन । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्विरोध भएका छन् । उवासंघ–चितवनको नयाँ नेतृत्वका लागि फागुन ३० गते निर्वाचनको समय तोकिएको छ । उवासंघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।
उनको मात्र उम्मेदवारी परेको हुनाले अध्यक्षमा श्रेष्ठ निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । उनी पनि निर्विरोध भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ । उपाध्यक्षमा चिरञ्जिवी सुवेदी, भोजराज कौडाल, शंकर नेपाललगायतको उम्मेदवारी परेको छ ।

