चितवन । नेपाली कांग्रेस चितवनका सभापतिका उमेद्वार कैलाश कोइरालाले आफुलाई मतदाताले मत मात्रै नभई विश्वास पनि दिएको बताए ।
शनिबार भरतपुरमा उनले पत्रकार सम्मेलन गर्दै शुक्रबार भएको कांग्रेस चितवनको निर्वाचनमा आफुलाई प्राप्त भएको मत र मतदाताहरुले आफुलाई गरेको विश्वासले मनोबल उच्च भएको बताएका हुन् ।
विगतमा राजनीतिक क्षेत्रमा उतारचढाब भोग्दै आएको बताउँदै उनले आफु पार्टीभित्रको कुनै गुटबाट नभई कार्यकर्ताको मन जितेर मत पाएको बताए ।
उनले आफुलाई मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गरे ।

