चितवन। नेपाली कांग्रेसको चितवनको नयाँ नेतृत्व चयानका लागि नारायणगढ स्थित नारायणी कला मन्दिरमा मतदान सुरु भएको छ। मतदान सुरु हुनुअघि नै नारायणी कलामन्दिरमा मतदाता लाइनमा देखिएका छन्।
जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ सभापतिमा उम्मेदवार बनेका छन् । श्रेष्ठले आफू संस्थापन समूहबाट उम्मेदवार बनेको बताउँछन् । सभापतिमा उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले उम्मेदवार मनोनयन गरेका छन् । भने उपसभापतिका लागि १५ जनाको उम्मेद्वारी परेको छ ।


